२०८३ जेष्ठ २०, बुधबार ०८:५९

अमेरिकी सेनाले इरानको क्युसिम टापुमा आक्रमण गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले आफ्ना फौजहरूले आत्मरक्षाका लागि आक्रमण गरेको जनाएको छ ।

गैरसैनिक जहाज तथा क्षेत्रीय सहयोगी राष्ट्र कुवेत र बहराइनमाथि आक्रमण भएपछि अमेरिकी सेनाले इरानका कैयौँ मिसाइल र ड्रोनहरूलाई निष्क्रिय पारेको दाबी गरेको छ ।

इरानबाट भएको आक्रमण प्रयासको जवाफस्वरूप अमेरिकी सेनाले मंगलबार क्युसिम टापुमा आक्रमण गरेको प्रस्ट पारेको छ ।

“कुनै पनि अमेरिकी अधिकारी वा सैनिकलाई क्षति पुगेको छैन । जारी युद्धविरामका क्रममा हुन सक्ने इरानको अनुचित आक्रामकताविरुद्ध रक्षा गर्न सेन्ट्रल कमान्डका फौजहरू सतर्क र तयार छन्,” सेन्ट्रल कमान्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसअघि इरानी सञ्चारमाध्यमहरूले क्युसिम टापु वरपर विस्फोटको आवाज सुनिएको उल्लेख गरेका थिए ।

अमेरिकाले हप्ताको अन्त्यतिर इरानी सैन्य क्षेत्रहरूमा आक्रमण गरेको बताएको थियो । इरानले अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएर त्यसको जवाफ दिएको दाबी गरेको थियो । यो ‘स्ट्रेट अफ हर्मुज’ वरपर एक साताभित्र भएको तेस्रो आक्रमण हो ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले इरानमाथि आक्रमण गर्न अमेरिकी फौजले प्रयोग गर्दै आएको एक एयर बेसलाई आफूले निशाना बनाएको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले इरानले क्षेत्रीय छिमेकी राष्ट्रहरूतर्फ ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो । तर, ती सबै आफ्नो लक्ष्यमा पुग्न असफल भएका बताएको छ । बहराइनको गृह मन्त्रालयले चेतावनी दिने साइरनहरू बजाइएको जानकारी दिएको छ ।

Comment


Related News