२०८३ जेष्ठ २०, बुधबार ०९:१५

महोत्तरीमा गोली चलाएर लुटपाट भएको छ।

जिल्लाको सोनमा गाउँपालिका- ३ खखाना दक्षिणबारी टोलमा गएराती चोरी गर्न आएका ५/६ ज्क्नाको समुहले प्रतिवाद गर्दा गोली चलाउँदा श्रीमान श्रीमती घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता अनुसार गोली लागेर २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएकी छन् ।

गोली लागेर घाइते भएका दुवै जनालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुरधाम ल्याइएको छ ।

घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Comment


Related News