२०८३ जेष्ठ २०, बुधबार १८:०४

जनकपुरधामको चिल्ड्रेन होलि प्लेस हाई स्कुलमा अध्ययनरत्त ६५० भन्दा बढी विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

विद्यालयमा ताल्चा लगाइएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै विद्यालयका सञ्चालक अजय कुमार यादवले प्रशासनसहित सम्बन्धित निकायसंग सहयोग मागेका छन् । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित गुठी संस्थानको रसिक निवासको जग्गामा सञ्चालित ‘चिल्ड्रेन होलि प्लेस हाई स्कुल’का सञ्चालक अजय कुमार यादवले विद्यालयमा लगाइएको ताल्चा खुलाइ सम्पत्ति सुरक्षा तथा कानुनी कारबाहीको माग सहित प्रशासनलाई गुहारेका हुन् ।

संचालक यादवका अनुसार विगत १७ वर्षदेखि सञ्चालनमा रहेको उक्त विद्यालयमा हाल करिब ६५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय भवन, भौतिक पूर्वाधार तथा शैक्षिक वातावरण निर्माणका लागि विद्यालय पक्षबाट करिब तीन करोड रुपैयाँभन्दा बढी लगानी गरिएको दाबी समेत उहाँले गर्नुभयो । विद्यालयका सञ्चालक यादवले रसिक निवास गुठीका संरक्षक अवधेश पोखरेलसँग करार गरेर विद्यालय सञ्चालन गर्दै आएको र धरौटीस्वरूप २२ लाख रुपैयाँ बुझाएको बताउनु भयो । उनका अनुसार पोखरेलले मासिक ५० हजार रुपैयाँ मासिक भाडा असुल्दै आएपनि कुनै कानुनी सम्झौता वा अधिकारपत्र भने प्रस्तुत गरिएको छैन । विद्यालय पक्षका अनुसार पोखरेलले गुठीको जग्गा बिक्री गर्ने प्रस्ताव अस्वीकार गरेपछि विद्यालयमाथि अनाधिकृत कब्जा गर्न खोजिएको हो ।

विद्यालयमा ताल्चा लगाइएपछि विद्यालयभित्र रहेको कम्प्युटर, फर्निचर, जेनेरेटर, बस, पुस्तकालय सामग्री, आर्थिक अभिलेख तथा अन्य महत्वपूर्ण कागजातको सुरक्षामाथि गम्भीर यादवले बताउनु भयो ।

Comment


Related News

Latest News

Trending News