२०८३ जेष्ठ २१, बिहीबार ०७:२४

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(र ास्वपा) का सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको बेला जनमत पार्टीका नेता डा. सीके राउतले मधेशीलाई सफाया गर्ने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) को निमन्त्रणमा लामिछाने भारत भ्रमणमा गएका छन् ।

त्यहाँ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेश मन्त्री एस.जयशंकर, भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन लगायतसित भेटवार्ता गरेका छन् । सभापति लामिछानेलाई भाजपाको मुख्यालयमा भव्य स्वागत गरिएको थियो । गृह, विदेश मन्त्रीसित मंगलबार नै भेटेका रविले बुधवार प्रधानमन्त्री मोदीसित भेटवार्ता गरेका हुन् ।

मोदी र लामिछानेबीच भेटवार्ता सम्पन्न भएपछिको संयुक्त फोटो समाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै जनमत पार्टीका अध्यक्ष राउतले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई लिएर मधेशीलाई सफाया गर्ने र तह लगाउने रणनीति नहोस् भन्ने टिप्पणी गरेका छन् । ‘प्रधानमन्त्रीमा बालेनको विकल्प खडा गर्ने काम भइरहेको छ’ उनले भने, बालेनको नाम नलिइ उनले उसको दुर्दिन र हैसियत देखाइदिने षड्यन्त्र बुनिएको छ ।

सामाजिक सञ्जालमा राउतले लेखेको प्रतिक्रियामा भारतको नाम त उल्लेख गरिएको छैन । तर उनले सम्पूर्ण आक्रोश भारतमाथि नै पोखेका छन् । सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीको संयुक्त फोटोलाई साझा गर्दै उनले लेखेको स्ट्याट्समा आक्रोश पोखेका छन् । ‘चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ’ सभापति लामिछानेलाई दिएको उच्च सम्मानप्रति कटाक्ष गर्दै उनले फेसबुकमा लेखेका छन्, तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशी नेतालाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षडयन्त्र बुनिँदैछ ।

‘रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमण मधेशीलाई झन् अर्को सफाया गर्ने र तह लगाउने रणनीतिको रूपमा नहोस् । चाहे जसको भरमा होस्, जुनसुकै पार्टीबाट होस्, एउटा मधेशी प्रथम पटक नेपालको प्रधानमन्त्री बनेको छ,’ राउतले सभापति लामिछाने र प्रधानमन्त्री मोदीको फोटो शेयर गर्दै भनेका छन्, ‘तर बडो ऐतिहासिक तामझामको मञ्चन गरेर उसको विकल्प खडा गर्ने र अरू मधेशीलाई झैं उसलाई पनि दुर्दिन र हैसियत देखाइदिने षड्यन्त्र बुनिँदैछ ।’

‘मधेशका कुनै पनि नेतालाई स्थापित हुन नदिइएको उल्लेख गर्दै राउतले थपेका छन्, ‘तराई कांग्रेसदेखि जसपा नेपाल र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको विल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई अ ा ज स म् म स्थापित हुन दिइएन ।’ दुर्भाग्यले अहिले निशानामा विचरा मधेशी प्रधानमन्त्री छन् ।

आजसम्म नेपालमा कुनै पनि मधेशी नेतालाई स्थापित हुन दिइएन । तराई कांग्रेसदेखि जसपा र जनमतसम्म, चाहे पार्टी फोडेर होस्, बदनाम गराएर होस्, देशद्रोहीको बिल्ला भिडाएर होस्, पक्राउ र इन्काउन्टर गराएर होस्, शून्यमा झारेर होस्, कुनै पनि मधेशी नेतालाई आजसम्म स्थापित हुन दिइएन ।

भारतको नाम नलिइकनै नेपालमा कुनै पनि मधेशी नेता, मधेशी दललाई स्थापित हुन नदिएको आरोप लगाएका छन् । पछिल्लो चुनावमा मधेशी दलहरु शून्यमा झरेको प्रति पनि राउतले परोक्ष रुपमा भारतलाई नै आरोप लगाएका छन् । भारतले सभापति रविलाई निम्तो दिएर मधेशी प्रधानमन्त्री समेतलाई निशाना बनाएको आक्षेप राउतले लगाएका छन् ।

हुनत राउत बाहेक कुनै नेताले यस प्रकारको प्रतिकृया दिएका छैनन् । सभापति लामिछानेलाई विशेष महत्वका साथ भारतका उच्च नेता र प्रधानमन्त्री मोदी सम्मले भेंटवार्ता गरेका छन् । मोदीले सामाजिक सञ्जाल एक्समा भेटवार्तापछि दिएको प्रतिक्रियामा रास्वपा सभापति लामिछानेसंगको भेटघाटपछि खुसी व्यक्त गरेका छन् ।

रास्वपा सभापति लामिछानेसंग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको उनले एक्समा लेखेका छन् । दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पु¥याउने प्रतिबद्धता जनाउँदै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले पूर्ण रूपमा स्वागत र समर्थन गरेको मोदीले प्रस्ट पारेका छन् ।

नेपाल ‘नेभरहुड फस्ट’ नीतिको एक प्राथमिकतामा परेको साझेदार देश रहेको उल्लेख गर्दै मोदीले भनेका छन्, ‘नेपालको नयाँ सरकारसँग मिलेर दुई देशबिचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्थानमा पु¥याउन हामी उत्सुक छौँ ।’भेटघाटका क्रममा दुवै नेताबीच आपसी सहकार्य र साझा समृद्धिका लागि संगै अगाडि बढ्ने विषयमा सकारात्मक कुराकानी भएको उनले जनाएका छन् ।

भारतले आफ्नो विदेश नीतिमा नेपाललाई सदैव उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै मोदीले नेपालको नयाँ सरकारसंग ऐतिहासिक र बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने तत्परता समेत देखाएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News