२०८३ जेष्ठ २१, बिहीबार ११:२५
नेपाली बजारमा आज (बिहीबार)सुन-चाँदीको भाउ सामान्य घटेको छ। बुधबार स्थिर रहेको सुनको भाउ यसदिन तोलामा दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख ११ हजार तीन सय रूपैयाँमामा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार तीन सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार दुई सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ८५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार चार सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

