२०८३ जेष्ठ २१, बिहीबार १८:५९

सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन विवादमा उपेन्द्र यादवको पक्षमा फैसला गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरू कुमार रेग्मी, महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार (जेठ २०) यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिनेगरी फैसला सुनाएको हो ।

जसपा, नेपाल विभाजन प्रकरणमा यसअघि सर्वोच्चको संयुक्त इजलासले उक्त प्रकरणमा गम्भीर संवैधानिक व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।

जसपा नेपाल छाडेका अशोक राईसहितका नेताहरूले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि दिएको निवेदन दर्ता भएपछि यादव पक्ष रिटमार्फत सर्वोच्च पुगेको थियो ।

आयोगले अशोक राईको नेतृत्वमा नयाँ दल दर्ता गरिदिएको थियो । आयोगको निर्णयलाई कानुनी चुनौती दिँदै उक्त पार्टीका अध्यक्ष रहेका यादवले २०८१ साल जेठ २९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको फैसलाले यादव पक्षलाई मान्यता दिएसँगै जसपा विभाजन प्रकरणको पनि टुंगो लागेको छ ।

Comment


Related News

Latest News

Trending News