२०८३ जेष्ठ २२, शुक्रबार ०८:१०

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका पुरुष र महिलासहित १६ कामदार भारतको एक कुखुरा फार्मममा बन्धकमा परेको बुझिएको छ ।

बर्दिवास नगरपालिका–१४ मा अवस्थित मुसहर बस्तीका सदा थरका १० पुरुष र ६ जना महिला कामदार भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थाना अन्तर्गतका हेलन गाउँमा रहेको एक कुखुरा फार्ममा बन्धकमा परेको बताइएको छ ।

पुरुषतर्फ बर्दिवास १४ का १७ वर्षीय मुकेश, १६ वर्षीय किसन १३ वर्षीय आशिक २१ वर्षीय अमृत ३५ वर्षीय झरी, छोरा नौ वर्षीय शंकर सदा, ३८ वर्षीय विसुनदेव, विसुनदेवका छोरा अमृत, ४० वर्षिय मोहन र महिलातर्फ विसुनदेवकी ३५ वर्षीया महावती, मोहनका श्रीमति ३५ वर्षीया बेचो सदा, अमृतका श्रीमति २० वर्षीया किरण, झरी सदाको श्रीमति लालमुनी, छोरीहरु काजल, साजन रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताएका छन् ।

मुसहर बस्तीका वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले निजका आफन्तहरु बन्धकमा परेको भन्दै उनीहरुलाई भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूवाससँग समन्वय, सहकार्य गरेर उद्धार गराइ दिन निवेदन दिएको गुरुप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

उनीहरुलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडा बस्ने दिलीप परियारले गत चैत १३ गते आकर्षक तलब र सेवा सुविधा तथा हलुको काम रहेको प्रलोभन दिँदै भारतको हरियाना राज्यको जिन जिल्लाको झाझर थानाअन्तर्गत हेलन गाउँमा रहेको एक कुखुरा फाराममा रोजगारीका लागि लगेका थिए । बन्धक परेकामध्ये २० वर्षीया किरण सदाले साहुबाट लुकेर फोन गर्दै आफूहरुलाई डरधाक र यातना दिएर राखेको, ज्याला मजदुरी नदिएको र बन्धक बनाएर राखेको प्रहरीलाई बताएकी थिइन ।

Comment


Related News