२०८३ जेष्ठ २२, शुक्रबार १८:४९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणा र दुर्गा प्रसाईँबीच एकताको सहमति भएको छ।

शुक्रबार दिउँसो प्रसाईको निवासमा दुवै पक्षबीच सहमति भएको हो। पार्टी घोषणा केही दिनपछि गरिने भएको छ। यसको तयारीका लागि डा। राणाले प्रसाईंसँग एकता गर्ने नौ बुँदे सहमति गरेका हुन्।

संवैधानिक राजसंस्था पुनस्थापनाका लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकताले नयाँ दल गठन गर्नुपरेको सहमतिमा उल्लेख गरिएको छ। किरात, बौद्धसहित वैदिक सनातन हिन्दु अधिराज्य राष्ट्रवादी शक्ति निर्माण गर्ने बताइएको छ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग विवाद भएपछि जेठ २१ गते राणासहित १८३ जना नेताहरूले राप्रपा छोडेका थिए। राप्रपा छोड्नेमा काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी र सदस्यहरू छन्।

Comment


Related News

Latest News

Trending News