२०८३ जेष्ठ २३, शनिबार १७:११

रौतहटमा प्रहरीले भन्सार छली गरी ल्याइएका सामानसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ। बरामद सामानसहित सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको टोलीले दुर्गाभवती गाउँपालिका–३ स्थित झाँझ पुल नजिक चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको सवा २ लिटरको ८१ बोतल माउन्टेन डिउ बरामद गरेको हो।

त्यसैगरी, ईलाका प्रहरी कार्यालय कोपावा पिपरियाको गस्ती टोलीले बौधिमाई नगरपालिका–५ बमनहरमा गरेको चेकजाँचका क्रममा प्रदेश २–०३–००१ च २७२१ नम्बरको पिकअप गाडीमा ३ हजार किलो भारतीय गुड फेला पारेको प्रहरीले जनाएको छ।

प्रहरी टोली देख्नासाथ गाडीका चालक फरार भएका थिए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी बसन्त गौतमका अनुसार बरामद सामानको अनुमानित मूल्य करिब १ लाख ५० हजार रुपैयाँ र पिकअप गाडीको मूल्य २० लाख रुपैयाँ रहेको छ।

बरामद सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि शनिबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रवक्ता डिएसपी गौतमले जानकारी दिएका छन्।

Comment


Related News

Latest News

Trending News