२०८३ जेष्ठ २५, सोमबार ०७:४८

महोत्तरीको पिपरा गाउँपालिका ५ मा झुण्डिएको अवस्थामा शव फेला परेको घटनामा मृतक परिवारले हत्या भएको दाबी गर्दै घटना ढाकछोप गर्न प्रहरीले बेवास्ता गर्दै आएको आरोप लगाएका छन ।

गत वैशाख ९ गतेका दिन कपिल दासको स्थानीय चन्देश्वर यादवको आँपको बगैचामा भुण्डिएको अवस्थामा शव फेला परेको थियो । सो घटना आइतवार मृतकका श्रीमति रेखा देवीले जनकपुरधाममा एक पत्रकार सम्मेलन आयोजना गरी आफ्नो श्रीमानले झुण्डिएर आत्महत्या होइन उनको हत्या गरिएको दाबी गरिन् ।

उनले भनिन् ‘आफ्नो श्रीमानको उनकै साथीहरु रोशन राउत, राकेश यादव, विवेक यादव र लक्ष्मिनिया देवीले हत्या गरेको हो । घटना बारे प्रहरीमा पटक पटक भन्दा पनि प्रहरीले कुनै चासो नलिई घटना ढाकछोप गर्न आलटाल गर्दै आएको हो ।’ घटना बारे उनले भने ‘आफ्ना श्रीमान ती साथीहरुकै लहलहैमा लागू औषध सेवन र मादक पदार्थ सेवन गर्दै आएका थिए । घटनाको दिन पनि बिहान ८ बजे घरबाट निस्केको र डेढ बजेसम्म फोन गर्दा मठिहानीमा छु भनेका थिए । त्यसपछि सम्पर्कविहिन भयो र पछि बेलुका ५ बजेतिर शव आँप बगैचा झुण्डिएको जानकारी पाए । शवको प्रकृति हेर्दा आत्महत्या नभई हत्या नै भएको हो । तर प्रहरीले सामान्य मृत्यु रहेको भनिरहेका छन् ।’ उनले आफूलाई न्याय चाहियो भनेर सरोकारवाला निकायसँग पहल गरिदिन आग्रह गरेकी छिन् ।

पिडीत परिवारका तर्फबाट मृतकका बुवा कुलदिप दासले पनि वैशाख १० गतेका दिन नै आफ्नो छोराको हत्या भएको भनी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दर्ता गराएका थिए ।

Comment


Related News

Latest News

Trending News