२०८३ जेष्ठ २६, मंगलवार १२:१०
प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने निर्णय गरेका छन् ।
सम्पत्तिका विषयमा विवादमा परेपछि राजीनामा दिएका गुरुङलाई प्रधानमन्त्री शाह गृहमन्त्री बनाउन लागेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्व गृहमन्त्री गुरुङ सम्बन्धमा अध्ययन तथा छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेसँगै उनको गृहमन्त्री बन्ने बाटो खुलेको हो ।
सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले गुरुङलाई क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
सरकारले गृहमन्त्री गुरुङको शपथका लागि आजै तयारी गर्न राष्ट्रपति कार्यालयलाई भनेको छ ।

