२०८३ जेष्ठ २७, बुधबार ०७:५६

राजनीतिक नियुक्तिको विषयमा सत्तापक्ष र प्रतिपक्षी दलबीच विवाद भएर स्थगन भएको प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ ।

सभामुख रामअशिष यादवको पहलमा मंगलवार भएको सर्वदलीय बैठकमा प्रदेश सभाको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सरकारको नीति तथा कार्यक्रम उपर छलफल गर्नुपर्ने र बजेटको समय समेत घर्किन थालेकोले बैठक सुचारु गर्न सहमति जुटेको प्रमुख प्रतिपक्षी दलका नेता सरोज कुमार यादवले जनाए ।

‘सरकारले गरेको कार्य कानुन विपरित रहेको हाम्रो अडान यथावत छ ’ उनले भने, तर मुख्यमन्त्री कृष्ण यादवले प्रदेश सभाको बैठकमा जवाफ दिने प्रतिबद्धता जनाएकाले हामी सहज भएका छौ । सरकारलाई बजेट लगायतको काम गर्न सहजताका लागि प्रदेश सभाको बैठक गर्न विपक्षी दलहरुले सहमति जनाएका छन् ।

बैठकमा मुख्यमन्त्री यादव, नेकपा एमाले दलका नेता सरोज कुमार यादव, नेपाली कम्युनिष्ट पार्टी दलका नेता समेत रहेका अर्थ मन्त्री युवराज भटट्राई, प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी -जसपा) नेपाल दलका नेता सरोज कुमार यादव, जनमत दलका नेता चन्दन सिंह र एकल सदस्य रहेका दलका तीन जना सांसदहरुको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले अगामी बर्षको बजेट बनाइरहेको छ । तर अगामी आर्थिक वर्षको बजेटमा टुक्रे योजनाहरु समावेश नगरिने मुख्यमन्त्री यादवले जनाइसकेका छन् । १ करोडभन्दा कम रकमको योजनाहरु आगामी आर्थिक वर्षको बजेटमा समाहित नहुने उनले बताएका छन् ।

Comment


Related News