२०८३ जेष्ठ २७, बुधबार ०८:२०

भीसा बिना नै भारत प्रवेश गर्न लागेका दुई विदेशी नागरिकलाई भारतीय सुरक्षाकर्मी नेपाल—भारत सीमा क्षेत्र अन्तर्गत रक्सौलस्थित मैत्री पुलबाट पक्राउ गरेको छ ।

दैनिक सुरक्षा जाँचका क्रममा पक्राउ पर्नेमा म्यानमारका आङ निङ ल्याट र स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्रा रहेका छन् । उनीहरू वैध भिसा तथा आवश्यक यात्रा कागजातबिनै भारत प्रवेश गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हरैया थाना क्षेत्र अन्तर्गत रहेको मैत्री पुलमा नियमित जाँचका क्रममा सुरक्षा निकायले उनीहरूलाई रोकेको थियो। त्यसपछि हरैया थाना प्रहरीले दुवै विदेशी नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

हरैया थाना प्रमुख कृष्ण पासवानका अनुसार पक्राउ परेका दुवै विदेशी नागरिकलाई आवश्यक कानुनी प्रक्रियाका लागि मोतिहारी अदालत पठाइएको छ । साथै भारतीय अध्यागमन -इमिग्रेशन) विभाग तथा सुरक्षा निकायहरूले उनीहरू वैध कागजातबिनै भारत प्रवेश गर्न खोज्नुको उद्देश्यबारे पनि अनुसन्धान गरिरहेका छन् । प्रहरीका अनुसार पक्राउ परेका म्यानमारका नागरिक आङ निङ ल्याट याङ्गुनस्थित मायाङ्गोन क्षेत्रका बासिन्दा हुन्। त्यस्तै स्विट्जरल्यान्डकी जुनिला बेक श्रेष्ठ्राको स्थायी बसोबास लाउफेनबर्ग, स्विट्जरल्यान्डमा रहेको बताइएको छ ।

भारत–नेपाल खुला सीमामा विदेशी नागरिकहरूको आवागमनका विषयमा विशेष निगरानी राखिँदै आएको छ । सुरक्षा अधिकारीहरूका अनुसार सीमामा नियमित जाँचलाई थप कडाइ गरेका छन् ।

Comment


Related News