२०८३ जेष्ठ २८, बिहीबार १८:१९

सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालीन कार्यालय प्रमुखसहित ४ जना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नक्कली सूचना निकालेर भवन निर्माण ठेक्कामा मिलेमतो गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

केन्द्रका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. प्रभात झा, इन्जिनियर अशोककुमार सिंह, सहायक सब–इन्जिनियर प्रमोदकुमार सिंह, राधाकृष्ण निर्माण सेवा र त्यसका प्रबन्धक कौशल्याकुमारी रजकविरुद्ध मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

अख्तियारले प्रतिवादीहरूसँग जनही १ करोड २६ लाख ९६ हजार २३८ रुपैयाँ ७१ पैसा बिगो मागदाबी गरेको छ ।

Comment


Related News

Latest News

Trending News