२०८३ जेष्ठ ३०, शनिबार १८:०८

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्चाउनुपर्ने बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नंवर ८ ले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मान कार्यक्रममा सभापति थापाले केहि स्थानमा स्थानीयसंग यसअघि गरिएका प्रतिवद्धता पुरा नगरि बस्ती खाली गर्ने काम भएको भन्दै सरकारका तर्फबाट भएका कमीकमजोरीलाई सच्चाउनुपर्ने बताउनुभएको हो । लोकतन्त्रमा सरकारले आफुले गरेका निर्णयहरु तलमाथि गर्दिन भनेर सोच्न नहुने उहाले बताउनुभयो ।

उहाले नागरिकहरूले सरकारका निर्णयमाथि प्रश्न उठाए भने ती निर्णयहरू बदल्ने कुरालाई ठुलो इगोको बिषय बनाउन नहुने उहाले बताउनुभयो ।

सभापति थापाले पशुपति छेउछाउका बस्ती हटाउने बिषयमा समेत सरकारल पुनर्बिचार गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीय कला संस्कृति र परम्पराको संवेदनशीलता नबुझिकन हठातमा निर्णय लिए त्यसको प्रभाव व्यक्तिलाई मात्रै नभइ जात्रा, पर्व, संस्कृति, परम्परा सवैलाई पर्ने उहाको भनाइ छ ।

उहाले पशुपति नजिकका पुराना बस्तीहरुलाई हटाउने कुरा सँगसँगै थुप्रै कुराहरू मेटिएर जान सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । कार्यक्रममा वडामा बसोबास गर्दै आएका बिभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News