२०८३ जेष्ठ ३१, आईतवार ०७:२०

‘घुमौं मधेश : मधेश प्रदेशको कृषि, पर्यटन, खेल, उद्योग र व्यापार, मधेश समृद्धिको मुख्य आधार’ भन्ने नारासहित वीरगञ्जबाट शुरु भएको मधेश ट्राभल मार्ट जनकपुरधाममा सम्पन्न भएको छ ।

पर्यटन प्रवद्र्धन, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण तथा सीमापार पर्यटन सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको मार्टका सहभागीहरू शुक्रबार बाराको जीतपुर–सिमरा हुँदै शनिबार जनकपुरधाम आइपुगेका छन् । उनीहरू गंगा आरतीमा समेत सहभागिता भए ।

जेठ २९ गतेदेखि शुरु भएको तीनदिने मधेश ट्राभल मार्ट वीरगञ्जबाट प्रारम्भ भइ जनकपुरधाममा आइतबार सम्पन्न आयोजकले जनाएको छ । जनकपुरधाम आइपुगेका अतिथिहरूलाई अञ्जनी स्वीट्ससहितका होटल व्यवसायीहरूले भव्य स्वागत गरेका छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले भारतीय पर्यटकहरूको नेपाल आवागमनलाई थप सहज बनाउनुपर्नेमा जोड दिए ।

उनले दोस्रो पटक पर्यटकहरु लिएर मार्ट सम्पन्न भएको जानकारी दिए। उनले यस अघि गत वर्ष जनकपुरधामबाट सुरु भएर विरगञ्जमा सम्पन्न् भएको मार्ट यस वर्ष विरगञ्जबाट सुरु भएर जनकपुरधाममा सम्पन्न भएको जानकारी दिए । उनले अब निरन्तर प्रत्येक वर्ष पर्यटन पर्वद्धनका निम्ति यो मार्ट जारी राख्ने बताए ।

 

Comment


Related News