२०८३ जेष्ठ ३१, आईतवार ०८:२०

महिलाको हत्या प्रकरण घटनाले तनावग्रस्त गरेको बनेको महोत्तरीको अवस्था सहमतिपछि अब समान्य बनेको छ । बर्दिवास नगरपालिका–१२ विजलपुरास्थित एक महिलाको रहस्यमय तरिकाले हत्या गरिएको भन्दै मृतक महिलाका माइत पक्षले सुसुराली पक्षको घरमा तोडफोड गर्दा अवस्था तनावग्रस्त बनेको थियो ।

स्थानीय शशी सिंहका श्रीमति रिंकु कुमारी मृत्यु प्रकरणले शुक्रबार रातिदेखि नै अवस्था तनावग्रस्त बनेको बनेको थियो । रिंकुका माइत पक्ष तथा गौशाला नगरपालिका ११ कान्तिबजारका स्थानीयले हत्या गरिएको भन्दै उनको ससुराली पक्षको घरमा तोडफोड तथा आगजनी गरेका थिए । छोरीको हत्या नै गरिएको दाबी गर्दै विजलपुरा पुगेका माइतीपक्ष र स्थानीयले आक्रोशमा मृतक ंिरंकुको ससुरालीमा राखिएको एक कार, एक मोटरसाइकल र एक स्कुटीमा समेत आगजनी गरेका छन् । जसलाई सुरक्षाकर्मीले समयमै निभाएका थिए ।

झडपमा परी दुवैतर्फ गरी करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बर्दिवास र सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प पशुपतिनगरबाट शनिवार दिनभरि बाक्लो संख्या प्रहरीले खटिएको थियो । रिंकुका श्रीमान शशी सिंहलाई पक्राउ र दोषीलाई कानुन बमोजिम कार्वाही गर्ने सहमती पछि साम्य भएको छ ।

महोत्तरी क्षेन नं. १ का सांसद प्रमोद कुमार महतो , वर्दिवास नगरपालिका मेयर प्रहलाद कुमार क्षेत्री लगायतका जनप्रतिनिधिहरु पुगेर आक्रोशित समुहलाई सम्झाइ बुझाइ निष्पक्ष हिसाबले छानबीन गरी दोषि भनिएका ंिरकुका श्रीमान शशीलाई अविलम्ब पक्राउ गराई कानून बमोजिम कारवाही गरिने सहमती गराएपछि स्थिती नियन्त्रणमा आई अहिले अवस्था सामान्य भएको हो । सहमति पश्चात रिंकी कुमारीको शव माइत पक्षले उठाइएको छ ।

पीडित, स्थानीय भद्रभलादमी तथा प्रहरीबीच भएको सहमति अनुसार मृतकको शव पोस्टमार्टमका लागि जनकपुर पठाइएको हो । वर्दिवास १२ विजलपुरा शशीका श्रीमति रिंकुको शव घरमै झुण्डिएको अवस्थामा फेला परेको थियो ।

Comment


Related News