२०८३ जेष्ठ ३१, आईतवार ११:००

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदी तोलामा ५५ रुपैयाँले बढेको छ । अस्ति शुक्रबार तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News