श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिपछि सीमामा भारतीय हस्तक्षेप बढेको आशंका व्यक्त गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष राईले पछिल्लो समय सीमामा भारतीय हस्तक्षेप बढ्नुको कारण प्रधानमन्त्रीको अभिव्यक्ति हुन सक्ने बताउनुभएको हो ।
उहाले सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति हटाउन सभामुखको ध्यानाकर्षण गराउदै प्रधानमन्त्रीले पनि संसदमा आएर जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।
सुस्तामा भारतीय सुरक्षा फौज छिरेर आतङ्कित बनाउने गतिविधिको माइतिघरमा विरोध गर्दा उनीहरुलाई पक्राउ गरेर मुद्दा दायर गर्न लागेको भन्दै उहाले आपत्ति जनाउनुभयो ।
सांसद राईले विद्यार्थीका मोबाइल खोसेर पानीमा डुबाउने र कैलालीमा टेम्पो गुल्टाउनेमाथि समेत आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउन माग गर्नुभयो ।

