मधेश प्रदेश मधेश प्रदेशको बजेट ४१ अर्ब १३ करोड ८६ लाख सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट महत्वाकांक्षी रहेकाले कार्यान्वयनमा समस्या हुने प्रतिपक्षी दलहरुले बताएका छन् ।
सोमबार प्रदेश अर्थमन्त्री युवारज भट्टराईले ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाको बजेट प्रदेश सभामा प्रस्तत गरेका छन् । जुन चालु आव भन्दा ५ अर्ब ८४ करोड ४७ लाख ५१ हजार बजेट आगामी आर्थिक वर्षभन्दा कम रहेको छ । चालु आवमा ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट रहेको छ । बजेट बारे प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद एवं पूर्वअर्थमन्त्री संजय यादवले बजेट पूर्ण रुपमा महत्वाकांक्षी रहेकाले कार्यान्वयनमा समस्या आउने बताए ।
उनले भने ‘बजेटमा सरकारको प्राथमिकता के हो भन्ने बारे उल्लेख नै गरेको छैन । सरकारले भन्न के चाहेको छ भन्ने कुरा आफै स्पष्ट छैन । गौरवको आयोजनाहरु समेटिएको छैन, अधिकांश बजेट मन्त्रीहरुले आफ्नै जिल्लाका क्षेत्रमा लगेको बुझिएको छ । यसले प्रष्ट हुन्छ कि बजेट महत्वाकांक्षी हो ।’ हामीले शुरुदेखि नै गौरवका आयोजना र अधुरा योजनाहरु सम्पन्न तथा ६४ वटै निर्वाचन क्षेत्रमा समान हिसाबले विनियोजन गर्ने गरी बजेट ल्याउन माग गर्दै आएका थियौं ।
बजेट हेर्दा प्राथमिकता र आवश्यकतामाथि कुनै ध्यान नपु¥याई बजेट ल्याएकाले यसको कार्यान्वयनमा समस्या हुनेछ । यो भन्दा पनि त अचम्भ कुरा के हो भने संघीय सरकारबाट प्राप्त सशर्त रकम जोडेर कूल विनियोजित प्रस्तुत गरिन्छ । तर प्रस्तुत गरिएको बजेटमा ४१ अर्ब १३ करोड ८६ लाख भनिएको छ ।
तर सशर्त अनुदान जोड्दा ४९ अर्ब २४ करोड हुन जान्छ । मन्त्रालयगत विवरणमा पनि सशर्त जोडेर राखिएको छ । यदि यो बजेट पास भयो भने सशर्त अनुदानको रकम कार्यान्वयनमा समस्या आउने निश्चित छ । यसले के देखाउंछ अर्थमन्त्रीको अपरिपक्वता हो । बिना अध्ययन र सल्लाह सुझावको बजेट प्रस्तुत गरिएको हो ।
त्यस्तै अर्का प्रतिपक्षी जनमत पार्टीका सांसद एवं पूर्व अर्थमन्त्री महेश यादवले पनि बजेट रकममा देखिएको हेरफेरले अर्थमन्त्री अपरिक्व र अयोग्य रहेको देखिन्छ भने । उनले पनि बजेट आवश्यकता र प्राथमिकतामा आधारित नभई महत्वाकांक्षी रहेकाले कार्यान्वयनमा समस्या देखिन्छ ।

