२०८३ असार २, मंगलवार ११:१८
सेफ सन्तोष साह हाजिर जमानीमा रिहा भएका छन्।
सोमबार साँझ उनी हाजिर जमानीमा रिहा भएका हुन । साहले चार लाख ५० हजार रुपैयाँ बिगो रकम बुझाएर रिहा भएका हुन ।
प्रहरीले साहलाई ठगी सम्बन्धी कसुर मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको थियो।
सकुन्तला अधिकारीको जाहेरीको आधारमा उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको हो।

