२०८३ असार ४, बिहीबार ०७:३४

आर्थिक वर्ष २०८३/०८४ का लागि धनुषाको लक्ष्मीनिया गाउँपालिकाले १५ औँ रु ४५ करोड ७४ लाख २४ हजार ४५० बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

बुधवार आयोजित गाउँसभा अधिवेशनमा नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएको छ । गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँसभामा प्रस्तुत बजेट तथा कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्थापनको योजना समेत सार्वजनिक गरेको हो । गाउँपालिका अध्यक्ष मिश्रले बजेटलाई समावेशी, विकासमुखी र जनमुखी बनाउने लक्ष्यसहित विभिन्न क्षेत्रगत प्राथमिकता निर्धारण गरिएको बताए ।

प्रस्तावित बजेट अनुसार आर्थिक विकासतर्फ २० प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत, पूर्वाधार विकासतर्फ ४५ प्रतिशत, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५ प्रतिशत तथा सेवा प्रवाह र सुशासनतर्फ १० प्रतिशत बजेट विनियोजन गरिएको छ । यस बजेटमा पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ।

गाउँपालिकाले सडक सञ्जाल विस्तार, ढल तथा नाला निर्माण, खानेपानी सुविधा विस्तार, शैक्षिक तथा स्वास्थ्य पूर्वाधार निर्माणलगायतका योजनालाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ । त्यसैगरी कृषि आधुनिकीकरण, स्वरोजगार प्रवद्र्धन, शिक्षा सुधार, स्वास्थ्य सेवा सुदृढीकरण, महिला सशक्तीकरण, युवा लक्षित कार्यक्रम तथा सामाजिक सुरक्षा क्षेत्रलाई समेत बजेटमार्फत समेटिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष मिश्रले प्रस्तुत बजेटले गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार, सुशासन प्रवद्र्धन तथा स्थानीय नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । गाउँसभामा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो ।

Comment


Related News