२०८३ असार ४, बिहीबार १६:१७

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन क्षेत्रलाई अघि बढाउन आवश्यक कानुन, ऐन तथा नीति ल्याइने बताउनुभएको छ ।

बैठकमा बिनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री पुनले आणविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि, विज्ञान प्रविधि तथा नवप्रवर्तन लगाएतका ऐन ल्याउने योजना रहेको बताउनुभएको हो ।

उहाले मन्त्रालयको कार्य प्रभावकारी बनाउन पूर्वाधार निर्माण र कानुन तर्जुमा बनाइने र आगामी बर्षदेखि कार्यान्वयनमा लैजाने उल्लेख गर्नुभयो ।

मन्त्री पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न स्थानीय र प्रदेश सरकारले समेत आवश्यक बजेट छुट्टाउन सुझाव दिनुभयो । मन्त्रालयलाई छुट्टाइएको ४ अर्व मध्ये योजना र कार्यक्रम नभएकाले साढे ३ करोड भने अवण्डामा रहेको उहाले जानकारी दिनुभयो ।

मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेकाले अव अनुसन्धान गर्ने निकायलाई प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News