गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन्।
प्रतिनिधिसभाको बिहीवारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिए।
गृहमन्त्री गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको र आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको स्पष्ट पारे।
अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म केही कुराहरू सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताए।
विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गरे।

