रौतहटको गरुडा नगरपालिकामा नगरप्रमुख कन्थमणि प्रसाद जैसवाल र प्रमुख प्रशासकीय अधिकृत नीलम न्यौपानेबीचको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको छ ।
नगर नेतृत्व र प्रशासनिक नेतृत्वबीचको बढ्दो विवादले विकास निर्माणका काम तथा सेवा प्रवाह प्रभावित हुन सक्ने भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीय स्रोतका अनुसार नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच लामो समयदेखि बढ्दै आएको असमझदारी पछिल्लो समय थप सतहमा आएको हो ।
नगरप्रमुख जैसवाल पक्षले प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले आवश्यक समन्वय नगरेको तथा प्रशासनिक काममा अवरोध सिर्जना गरेको आरोप लगाउने गरेको बताइएको छ । यता प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भने आफूले कानुन र नियमविपरीतका निर्णयमा सहमति नजनाएपछि आफ्नो विरुद्ध वातावरण बनाउने प्रयास भइरहेको दाबी गरेका छन् । उनले आफू नेपाल सरकारको प्रचलित कानुन र कार्यविधिअनुसार काम गरिरहेको बताउँदै आएका छन् ।
स्थानीय तहभित्रको यो विवादका कारण केही कार्यपालिका सदस्यहरू समेत दुई धारमा विभाजित भएको चर्चा छ । यसले निर्णय प्रक्रिया, योजना कार्यान्वयन तथा प्रशासनिक कामकारबाहीमा असर पर्न सक्ने देखिएको छ । स्थानीय राजनीतिक वृत्तमा नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतको सरुवा वा परिवर्तनका लागि दबाब सिर्जना गर्न खोजेको चर्चा चलिरहेका बेला अर्को पक्षबाट नगरपालिकाका विगतका आर्थिक गतिविधिबारे समेत प्रश्न उठाउन थालिएको बताइन्छ ।
यद्यपि दुवै पक्षले एकअर्कामाथि लगाइएका आरोपहरू औपचारिक रूपमा पुष्टि भएका छैनन् । विकास बजेट खर्च तथा योजनाको कार्यान्वयनका लागि असार महिना महत्वपूर्ण मानिएको अवस्थामा नेतृत्व तहमा देखिएको विवादले विकास निर्माणका काममा ढिलाइ हुने र सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था आउन सक्ने स्थानीयको भनाइ छ ।
मेयर कन्थमनी प्रसाद जैसवाल निर्वाचित भएदेखिनै आफूलाई आर्थिक लाभ हुने किसिमको योजनाहरू सञ्चालन गर्दै आएका थिए। बिगतमा निमित प्रमुख प्रशासकिय अधिकृतहरु मेयर जैसवाल कै हालीमुहाली गर्ने गरेका थिए । साथै भागबण्डाको आधारमा कामकाज चलाउँदै आएका थिए । पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमा प्रायः प्रत्येक पालिक प्रमुखमा सहसचिव वा उपसचिवलाई जिम्मेवारी दिएको श्रोतको दाबी छ ।
सोही नीति अनुसार गरुडा नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत को रुपमा उपसचिव निलम न्यौपाने केही महिना देखि जिम्मेवारी सम्भालेका छ न। न्यौपाने कसैको आदेशमा नभई नेपाल सरकारको नियम कानुन अनुसार काम कारवाही गर्न थालेपछि मेयर जैसवाल र उनका मतियारहरुको छट्पटी बढेको छ ।
लगातार ४ बर्ष गरुडा नगरपालिका को करोडौँ रुपैयाँ बिभिन्न योजनाको नाउँमा कुम्ल्याएको मेयर जैसवाल र उनको मतियार अन्तिम बर्ष चाहना अनुसार गर्न नपाएर प्रमुख प्रशासकिय अधिकृत उपसचिव न्यौपाने माथी बिभिन्न आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।

