२०८३ असार ५, शुक्रबार ०७:२५

मधेश प्रदेश सभाको नवनिर्मित पुस्तकालय भवनको उद्घाटन गरिएको छ ।

बिहीवार एक कार्यक्रमका बीच प्रदेश सभाका सभामुख रामआशिष यादवले सो नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख यादवले कानून बनाउने प्रदेश सांसदका लागि पुस्तकको ज्ञान अति नै आवश्यक हुन्छ ।

पहिला एक कोठामा सिमित रहेको पुस्तकालयमा सांसदहरुलाई अध्ययन गर्न निकै समस्या हुँदै आएकाले आधुनिकस्तरको फराकिला पुस्तकालय भवनको निर्माण गरिएको बताए । उनले भने एउटा कानून सांसदलाई देश विदेशका ऐतिहासिक घटना, विभिन्न संसदहरुको संसदीय अभ्यास, आफू सांसद रहेका संसदको गतिविधि, विभिन्न नीति नियम, कानून, अदालतका पुराना नजिरहरु, साहित्य कला संस्कृति बारे अध्ययन हुन जरुरी छ र त्यसका लागि किताबी ज्ञान आवश्यक रहेकाले पुस्तकालयलाई विस्तार गरिएको हो ।

सो पुस्तकालयमा राजनीतिक, ऐतिहासिक दस्तावेज, कानूनी नजिरहरु साहित्य संस्कृति र विभिन्न संसदीय अभ्यासका हाल १ हजार १२९ पुस्तकहरु राखिएका छन् । अन्य पुस्तकहरु विस्तारै थपिदै जाने प्रदेश सभा सचिवालयले जनाएको छ । सो पुस्तकालय भवन उद्घाटन कार्यक्रममा उपसभामुख बबिता राउत ईशर, श्रम तथा रोजगार मन्त्री शारदा थापा, सांसदहरु सुरिता साह, अन्जना पण्डित लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News