२०८३ असार ५, शुक्रबार ११:३७

नेपाली बजारमा आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।

सुनको भाउ तोलामा १० हजार पाँचसय रुपैयाँ घटेर २ लाख ८६ हजार सातसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यसअघि बिहीबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेर २ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको थियो।  बुधबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ घटेको थियो।

यसअघिका ३ दिनमा ६५ सय बढेको सुनको भाउ गएका ३ दिन लगातार घटेको हो।    त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ।
चाँदीको भाउ आज तोलामा ३०५ रुपैयाँ घटेर ४ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते पनि सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

Comment

Related News

Latest News

Trending News