२०८३ असार ५, शुक्रबार १५:२९

प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक २०८३ लाई स्वीकृत गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राख्नुभएको उक्त दुई विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको हो । त्यसअघि विधेयकमाथिको सामान्य छलफलमा भाग दिदै सांसदहरुले करका दर, लोककल्याणकारी कार्यक्रम लगाएतका बिषयमा चासो व्यक्त गरेका थिए । आर्थिक विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै अर्थमन्त्री वाग्लेले राज्यका सबै कर एउटै सञ्चित कोषमा जम्मा हुने भएकाले अलग–अलग आयोजना र कार्यक्रमका लागि छुट्टाछुट्टै कोष बनाउन आवश्यक नरहेको बताउनुभयो । उहाले बजेटमा व्यवस्था भएका शुल्क र कर सम्बन्धित क्षेत्रमै खर्च हुने भएकाले अनावश्यक भ्रम नराख्न आग्रह गर्नुभयो । उहाले वार्षिक रु १० लाख आम्दानी भएका व्यक्तिलाई आयकर छुट दिइएको भन्दै दुरगामी अर्थतन्त्र बनाउने उद्देश्यले करका दर निर्धारण गरिएको स्पष्ट पार्नुभयो ।

उहाले क्षणिक रुपमा अप्रिय ठानिने तर दीर्घकालीन रुपमा मुलुक र जनतालाई लाभ हुने विषय बजेटमा राख्न वर्तमान सरकार हिम्मतका साथ अघि बढेको धारणा राख्नुभयो । ठूलो जनादेश प्राप्त सरकारले बाहेक अन्य सरकारले ठूलो परिवर्तका लागि जोखिम लिन नसक्ने उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News