नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्नका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा पार्टीको बुद्धिजीवी भेलालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफुहरुको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताउनुभएको हो ।
जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रष्ट सोचका साथ नेकपा अघि बढ्ने उहाले बताउनुभयो । त्यस्तै नेपालले सरकारको काम क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको धारणा राख्नुभयो । चुनावबाट निकै ठुलो शक्ति हासिल गरेको दलको सरकार दम र अहंकारबाट प्रेरित भएको उहाको भनाइ छ ।
उहाले ठूलो शक्ति हासिल गरेको सरकारको आलोचना गर्दा अलिबढी असहिष्णु भयो कि भन्ने आरोप लाग्ने भएकाले सरकारको सय दिन पर्खेर बसेको धारणा राख्नुभयो ।

