राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताउनुभएको छ ।
आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवशेन उद्घाटन सत्रमा शुभकामना दिदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पुरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभइ देश र जनतालाई नै धोका हुने बताउनुभएको हो ।
उहाले अहिलेको समस्या यसअघिका नेताहरुका कारण मात्रै नभइ उनीहरुले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरि मुलुक अघि बढ्न नसक्ने उललेख गर्नुभयो । त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उहाले बताउनुभयो ।
त्यस्तै अध्यक्ष लिङ्देनले हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउनुभयो ।
प्रतिपक्षीका हिसावले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खवरदारी गर्ने उहाको भनाइ छ ।

