२०८३ असार ८, सोमबार १३:५७

नेपालको सार्वजनिक ऋण झण्डै ३० खर्ब नजिक पुग्न लागेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको पछिल्लो प्रतिवेदन अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को जेठ मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ६१ अर्ब १९ करोड रुपैयाँ पुगेको हो ।

यो चालू आर्थिक वर्षको सुरुको तुलनामा २ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँले बढी हो । जसमा पछिल्लो ३ महिना अर्थात् नयाँ बालेन्द्र शाह ‘बालेन’ नेतृत्वमा सरकार बनेपछि मात्रै झण्डै सबा खर्ब अर्थात् १ खर्ब १७ अर्ब २५ करोड ५२ लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ ।

प्रतिवेदन अनुसार हाल कायम रहेको कुल ऋण दायित्व नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.८७ प्रतिशत हुन आउँछ । कुल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.४९ प्रतिशत (१५ खर्ब ८३ अर्ब ९१ करोड रुपैयाँ) र आन्तरिक ऋणको हिस्सा ४६.५१ प्रतिशत (१३ खर्ब ७७ अर्ब २८ करोड रुपैयाँ) रहेको छ ।

Comment


Related News

Latest News

Trending News