२०८३ असार ९, मंगलवार ११:२२

सुनको भाउ आज तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ ।

अस्ति आइतबार र हिजो सोमबार बढेको सुनको भाउ आज घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा एक हजार ४०० रुपैयाँले बढेर तोलाको २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । अस्ति तोलाको २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १४० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ५९० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७३० रुपैयाँ रहेको थियो ।

Comment


Related News