२०८३ असार ९, मंगलवार ११:३५

मधेशको शिक्षा क्षेत्रमा जनकपुरधामस्थित सिद्धार्थ शिशु सदन गत ४५ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । सिद्धार्थ शिक्षण संस्थान अन्तर्गतको सिद्धार्थ शिशु सदन मा.वि. तथा सिद्धार्थ कलेज गुणस्तरीय शिक्षाका लागि विद्यार्थी तथा अभिभावकमाझ विश्वासको केन्द्रका रूपमा आफ्नो पहिचान स्थापित गर्न सफल रहेको छ ।

जनकपुरधामको भानुचोक र मिल्स एरियाको बीचमा अवस्थित यस शैक्षिक संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने दक्ष, अनुशासित र सक्षम जनशक्ति उत्पादन गर्दै दाबी संचालकले गर्दै आएको छ । विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर, अनुशासन, आधुनिक शिक्षण पद्धति तथा अतिरिक्त क्रियाकलापको प्रभावकारी व्यवस्थापनका कारण संस्थाप्रति अभिभावकहरूको आकर्षण निरन्तर बढिरहेको बताइएको छ ।

सिद्धार्थ कलेजमा विशेष गरी विज्ञान र व्यवस्थापन संकाय सञ्चालन हुँदै आएको छ । वाणिज्य तथा विज्ञान संकायतर्फ कक्षा ११ र १२ को परीक्षाफल उल्लेखनीय रूपमा सफल रहेको विद्यालय प्रशासनको भनाई छ । उपलब्ध तथ्यांकअनुसार वाणिज्य तथा विज्ञान संकायतर्फको नतिजा पहिलो वर्ष २०८२ मा ८९.४७ प्रतिशत र दोस्रो वर्ष २०८३ मा ९७.३६ प्रतिशतसम्म परिणाम ल्गाएको छ । जसले सिद्धार्थ शिशु सदनको शैक्षिक गुणस्तरलाई पुष्टि गरिरहेको विद्यालय प्रशासनको भनाई छ ।

विद्यालयले नियमित पठनपाठनसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकता दिँदै विभिन्न अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास कार्यक्रम, वक्तृत्वकला, हाजिरीजवाफ, विज्ञान प्रदर्शनी तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ । यसका साथै एमईसी, आईओई मेडिकल तथा इन्जिनियरिङ्ग लगायतका प्रवेश परीक्षाको तयारी कक्षा समेत सञ्चालन गरिँदै आएको छ, जसले विद्यार्थीलाई उच्च शिक्षातर्फ सहज मार्गनिर्देशन प्रदान गरिरहेको छ ।

प्रयोगात्मक शिक्षालाई जोड दिँदै आधुनिक प्रयोगशाला, अनुभवी शिक्षक टोली, नियमित मूल्याङ्कन प्रणाली तथा विद्यार्थीमैत्री वातावरणमार्फत सिद्धार्थ कलेजले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको कलेजका प्रिन्सीपल राजु यादवको भनाई छ । उनले भने विद्यालय प्रशासनका अनुसार आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासन र उत्कृष्ट नतिजालाई निरन्तरता दिँदै विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध रहनेछ । उनले थप्दै भने शैक्षिक उत्कृष्टता, सफल नतिजा, दक्ष शिक्षक टोली र विश्वासिलो व्यवस्थापनका कारण सिद्धार्थ कलेज जनकपुरधाम क्षेत्रका विद्यार्थी तथा अभिभावकहरूको पहिलो रोजाइ बन्दै गएको हो ।

Comment


Related News