२०८३ असार १०, बुधबार १९:१८

संघीय संसद सचिवालयले भोलि बिहीबार बस्ने प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरेको छ। विशेष कारण भन्दै सचिवालयले बिहीबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गरेको हो।

सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार सभामुख डोलप्रसाद अर्यालले भोलिका लागि निर्धारित बैठक पर्सि शुक्रबार दिउँसो १ बजे बस्नेगरी निर्धारण गरेका छन्।

विशेष कारण भनिए पनि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण बैठक सारिएको हो। महाधिवेशनमा रास्वपाका सबैजसो सांसद र मन्त्रीहरु पनि सहभागी भएका छन्।

आइतबार सुरु भएको महाधिवेशन मंगलबार नै सकिने तय भए पनि अझै नेतृत्व चयन प्रक्रिया सकिएको छैन।

Comment

Related News

Latest News

Trending News