२०८३ असार ११, बिहीबार १३:२५

सुनचाँदीको भाउ आज पनि घटेको छ ।

आज सुनको भाउ तोलामा ५ हजार २ सयले घटेर २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो पनि सुनको भाउ ३ हजार ६ रुपैयाँले घटेको थियो  गएको सोमवारदेखि सुनको भाउ निरन्तर घटिरहेको छ ।

आज चाँदीको भाउ पनि २ सय ५० रुपैया घटेको छ । चाँदीको भाउ आज २ सय ५० रुपैयाँ घटेर तोलाको ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो चाँदीको भाउ तोलामा  १०५ रुपैयाँले घटेको थियो ।

Comment


Related News

Latest News

Trending News