२०८३ असार ११, बिहीबार १५:२४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ ।

रास्वपाकाे केन्द्रीय निर्वाचन आयोगका अनुसार गएराति १२ बजेदेखि शुरू भएकाे मतदान अहिले दिउँसाे साढे १२ बजे सम्पन्न भएको हो ।

महाधिवेशनमा ४ हजार १०० जना प्रतिनिधि रहेकामा ३ हजार ९५० मत खसेको रास्वपाकाे अनुमान छ । विद्युतीय मेशिनबाट मतदान भएकाले परिणाम २ घण्टाभित्र सार्वजनिक हुने आयोगले जनाएको छ ।

चितवनको भरतपुरमा चलिरहेकाे महाधिवेशनअन्तर्गत पहिलो चरणमा ९९ जना सदस्यका लागि मतदान सम्पन्न भएसँगै अब दोस्रो चरणको चुनाव प्रक्रिया अघि बढ्ने छ । दोस्रो चरणमा २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्री गरी ६ जनाको चुनाव हुनेछ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन यही असार ७ गतेदेखि शुरू भएको हो ।

Comment


Related News

Latest News

Trending News