२०८३ असार १२, शुक्रबार ०७:२८

नेपाली कांग्रेसमा इतर समूह र संस्थापन पक्षसंग संवादहीनताको वातावरण कायमै रहदाँ दुबै पक्षबीच दुरी बढ्दै गएको छ ।

कांग्रेस इतर समूह र संस्थापन पक्षबीच सहमतिको सम्भावना बन्न नसक्दा पार्टी पूर्वसभापति शेरबहादुर देउवा समूह सम्पर्क कार्यालय खोल्ने भएको छ । सभापति गगन कुमार थापासंग कुरा मिल्ने सम्भावना कमजोर बन्दै गएपछि इतर पक्षले छुट्टै कार्यालय खोल्ने तयारी थालिएको छ । १५औँ महाधिवेशनको तयारी गर्नको लागि सम्पर्क कार्यालय खोल्न लागेको इतर पक्षका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

नेता विश्वकर्माले भने, ‘हाम्रो अहिलेसम्म कुनै कार्यालय छैन । महाधिवेशनको तयारी गर्नुपर्नेछ । नेताहरूको भेटघाट गर्नको लागि पनि त्यसैले सम्पर्क कार्यालय राख्न लागेका छौँ । काठमाण्डुको महाराजगन्जस्थित चुनदेवी हुनसक्छ । विभिन्न ठाउँमा हेरिरहेका छौँ ।’ उनले करिब दुई दिनसम्ममा सम्पर्क कार्यालय खुल्ने बताए । अहिले संस्थापन पक्षसंग संवादहीनको अवस्थामा समेत उनले बताए ।

उनले थप्दैँ भने, ‘तीन हप्ताअगाडि विश्वजीले प्रस्ताव पठाउनुभएको थियो । त्यही प्रस्तावलाई आधार बनाएर उहाँले पूर्ण दाइसंग पनि छलफल गर्नुभएको थियो । उहाँले सभापतिसंग बसेर सबै कुरा टुंग्याउनेगरी जानुभएको थियो । त्यसयता कुनै संवाद भएको छैन ।’ सो सम्पर्क कार्यालय डा. शेखर कोइराला समूहलगायतका संस्थापन पक्षसंग असन्तुष्ट रहेका समूहसमेत सहभागी हुने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News