२०८३ असार १२, शुक्रबार १९:२२

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित हुनुभएको छ ।

शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीमा आचार्य निर्वाचित हुनुभएका महामन्त्रीका प्रतिस्पर्धी मानिष झाले जानकारी दिनुभयो । झाले आफुले चूनाव हारेपनि पार्टीमा राजनीतिलाई जीवित राख्न सफल भएको बताउनुभयो । उहाले पार्टीमा अरू पुरानो असफल पार्टी जस्तै टीके प्रथा र गुट प्रथा नहोस् भनेर आफुले प्रयास गरेको धारणा राख्नुभयो । रास्वपाको महाधिवेशनमा केहि व्यवस्थापकीय कमजोरी भएपनि लोकतान्त्रीक तवरबाट सफलतापूर्वक समापन भएको उहाले बताउनुभयो ।

त्यस्तै नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोहि पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताउनुभयो । महाधिवेशन सम्पन्न गर्दै गर्दा पार्टी थप संस्थागत हुने दिशामा अगाडि बढेको उहाले बताउनुभयो ।

आचार्यले पार्टीलाई अझबढी पारदर्शी, विधिसम्मत र पार्टीलाई नागरिकप्रति उत्तरदायी बनाउने दिशामा महामन्त्रीका रूपमा आफ्नो भूमिका रहने धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News