२०८३ असार १२, शुक्रबार १६:१९

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)ले प्रदेश र स्थानिय तहको निर्वाचनमा एमालेसँग सहकार्य हुने बताएका छन्।

शुक्रबार विराटनगरमा आयोजित  प्रदेश स्तरिए एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

उनले अन्य साना कम्युनिष्ट पार्टीहरूसँग पार्टी एकता गर्ने र एमालेसँग संसद, सडक, प्रदेश र स्थानिय तहको निर्वाचनमा सहकार्य गर्ने बताए।

दाहालले नेपाली कम्युनिष्ट पार्टीको एकताको महाअधिवेशनबाट क्रमभंगता हुने दाबी गरे। उनले आफूहरूलाई सँधै नेतृत्वमा टाँसिएको आरोप लागिरहेको भन्दै आफूहरू नेतृत्वमा टाँसिइनरहने स्पष्ट पारे।

पार्टीमा शसक्त नयाँ नेतृत्व स्थापित गरेर युवा पुस्तालाई पार्टी जिम्मा लगाउनेगरी पार्टी नेतृत्वले रणनीति तयार पारिरहको दाबी गरे। उनले भने,‘नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरी नयाँ पार्टी बनाउने रणनीति नेतृत्वले तयार पारिरहेको छ।’

दाहालले कार्यकर्तालाई ढाडस दिंदै भने,‘फेरि पनि देशको नेतृत्व गर्ने हामीले नै हो तपाईहरू निश्चिन्त हुनुहोस्।’ आगामी महाअधिवेशनमा प्रचण्डको अन्तिम क्रम भंगता कस्तो हुन्छ भन्ने हेर्न पनि कार्यकर्तालाई आग्रह गरे।

Comment


Related News

Latest News

Trending News