२०८३ असार १२, शुक्रबार १९:२९
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको दोश्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो । त्यस्तै पार्टीको महामन्त्रीमा विपीन आचार्य निर्वाचित हुनुभएको छ । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार रहनुभएको थियो ।
त्यसैगरि पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री -महिला)मा निशा डाँगी निर्वाचित हुनुभएको छ ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको थियो । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

