२०८३ असार १३, शनिबार १०:५४

नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपमा अनुसन्धानका लागि हिजो बेलुका शेर्पालाई बुढानीलकण्ठ गणेश चोकबाट पक्राउ गरेको हो । हात्ती गौँडामा सञ्चालित टुङ्गराम ईन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि शेर्पालाई पक्राउ गरिएको हो ।

विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्‍याएको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

शेर्पाले भक्तपुरको दधिकोटमा रहेको २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बेचेको अनुसन्धानका क्रममा पाइएको उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News