२०८३ असार १३, शनिबार १६:३१

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशीविदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभएको छ ।

शनिबार काठमाडौं आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभएको हो ।

उहाले केहिले पार्टी छाडेर भागेपनि राप्रपालाई अघि बढ्नबाट कसैले रोक्न नसक्ने उल्लेख गर्नुभयो । पछिल्लो चुनावमा विघटित संसदमा रहेका सबै राजनीतिक दलहरूको आकार खुम्चिएको अवस्थामा राप्रपा राष्ट्रिय पार्टीको रुपमा कायमै रहेको उहाले बताउनुभयो ।

अध्यक्ष लिङदेनले अहिले नयाँ रोजिएको दल पनि बेइमान निस्किएर काङ्ग्रेस कम्युनिस्टहरू जस्तै भए देशलाई बिकल्प दिन एकमात्र पार्टी राप्रपा मात्रै भएको धारणा राख्नुभयो । उहाले युवा र अग्रजहरूको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा नै भएकाले सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको भएको बताउनुभयो ।

साथै उहाले संसारमा ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति भएको भन्दै मुलुक हाक्न उमेरले कुनै प्रभाव नपार्ने समेत बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News