२०८३ असार १४, आईतवार १०:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे इरानको अस्तित्व समाप्त हुने चेतावनी दिएका छन्। ट्रम्पको यो चेतावनी अमेरिकाले इरानमाथि गरेको पछिल्लो सैन्य आक्रमणपछि आएको हो।

अमेरिकी सेनाले पानामाको झण्डा बोकेको एक तेल ट्यांकरलाई इरानले निशाना बनाएपछि त्यसको जवाफस्वरूप इरानमाथि आक्रमण गरिएको दाबी गरेको छ।

ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘युद्धविराम सम्झौता पुनः उल्लंघन भएपछि अमेरिकी लडाकु विमानहरूले इरानका मिसाइल र ड्रोन भण्डारण केन्द्र तथा राडार प्रणालीलाई लक्षित गरी आक्रमण गरेका छन्।’

उनले थप भने, ‘उनीहरूले कहिल्यै पाठ नसिक्ने सम्भावना पनि पूर्ण रूपमा छ। यस्तो समय आउन सक्छ, जब हामी संयम अपनाउने अवस्थामा रहने छैनौँ र हामीले सफलतापूर्वक सुरु गरेको कामलाई सैन्य बल प्रयोग गरेर पूरा गर्न बाध्य हुन सक्छौँ।’

ट्रम्पले युद्धविराम उल्लंघन जारी रहे अमेरिकाले थप सैन्य कारबाही गर्नसक्ने चेतावनी दिँदै त्यसो भए इस्लामिक गणतन्त्र इरानको अस्तित्व नै समाप्त हुनसक्ने दाबी गरेका छन्। ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि त्यस्तो अवस्था आयो भने इस्लामिक गणतन्त्र इरानको अस्तित्व रहने छैन।’

Comment


Related News