२०८३ असार १४, आईतवार ११:४१

कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको २ लाख ७९ हजार १०० रुपैयाँ रहेकोमा आज बढेको हो । आज सुनको भाउ तोलामा ४ हजार ७०० रुपैयाँले बढ्यो । भाउ बढेर सुन आज तोलाको २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १४५ रुपैयाँले बढेको छ । शुक्रबार तोलाको ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ४ हजार ३२५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News