२०८३ असार १४, आईतवार १२:३१

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै बिपक्षी दलका सांसदहरुले निरन्तर सदनमा विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने र स्वयं प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका हुन् । बैठक सुरु हुनेबितिकै बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्न समय दिनुभयो । उहाले विपक्षी दलहरुले प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्न नभई जवाफदेही बनाउन ध्यानाकर्षण गराएको उल्लेख गर्नुभयो । उहाले प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डलाई सच्याएर देश र जनताको हित, कुटनीतिक मर्यादा कायम राख्नुपर्ने बताउनुभयो । साथै उहाले रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको भन्दै आपत्ति जनाउनुभयो ।

त्यसैगरि बैठकमा एमाले सांसद पुष्प कँडेलले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै राष्ट्रियताका बिषयमा गम्भीर हुन सुझाव दिनुभयो । त्यस्तै उहाले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रिहा गर्न माग गर्नुभयो ।

निर्वाचनको एक जना प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू भएको भन्दै उहाले पौडेलको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप भएको धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News