२०८३ असार १४, आईतवार १३:०९

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको छ ।

मदन भण्डारी मेमोरियल कलेजको २५ औं वार्षिकोत्सव-रजत बर्ष)का अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा उपराष्ट्रपति यादवले सूचना प्रविधिको तीव्रतर बिकास भइरहेको वर्तमान अवस्थामा शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै विश्वविद्यालय र कलेजहरूलाई अनुसन्धान र उद्यमशीलतामा केन्द्रित हुन आवश्यक रहेको बताउनुभएको हो ।

उहाले आजका युवाहरू केवल रोजगारी खोज्ने मात्र नभए आफ्नो प्रतिभा, नवाचार र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता बोकेका धारणा राख्नुभयो ।

प्रविधि, कृत्रिम बुद्धिमत्ता, एआइ, डिजिटल नवाचार र विश्वव्यापी प्रतिस्पर्धाको युगमा आधारभूत मूल्य र नैतिकतासँग जोडिँदै विश्व स्तरमा प्रतिस्पर्धा गर्नुपर्ने उहाले बताउनुभयो ।

उपराष्ट्रपति यादवले शिक्षालाई केवल प्रमाणपत्रमा सीमित नगरी जीवन उपयोगी कौशल र मूल्यमा आधारित बनाउन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाले समावेशी शिक्षालाई आत्मसात् गर्दै ग्रामीण, पिछडिएको, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम समुदायका बालबालिकालाई समान अवसर सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो । कार्यक्रममा उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News