नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सांयोजक प्रचण्डले कम्युनिष्टहरूबीच सहकार्य हुन नसके राजनीतिक रूपमा गम्भीर अवस्था आउन सक्ने चेतावनी दिनुभयो । प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन आपसी समझदारी र सहकार्य आवश्यक रहेको धारणा राख्दै विभाजन र असमझदारीले आन्दोलन कमजोर हुने भन्दै मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले कम्युनिष्टहरू विभाजित भइरहे जनताको विश्वास कमजोर हुने र आन्दोलनले ठूलो चुनौती सामना गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेको अवस्थामा संविधानमाथि प्रहार हुदै गएको र प्रतिक्रियावादीहरु कम्युनिष्टलाइ सिध्याउने खेलमा लागेको आरोप समेत लगाउनुभयो । संयोजक प्रचण्डले संविधानको रक्षा र यसलाइ जोगाउनका लागि कांगेस र मधेशवादी शक्तीहरुपनि एक हुनुपर्नेमा जोड दिनुभयो ।
देशमा समाजवादका निम्ती कम्युनिष्ट मिलेर जानुपर्ने जनताले चाहेको भन्दै मिल्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले जननेता भण्डारीको गोगदानको चर्चा गर्नूभयो । मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै उहाँका विचारलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद, नेपाली कम्युनिस्ट आन्दोलन र समसामयिक राजनीतिक विषयमा चर्चा गरिएको थियो।

