नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न कम्युनिस्ट शक्तिहरूबीच एकता र सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै सहसंयोजक नेपालले वर्तमान सरकारको गतिविधि सन्देहास्पद भएको भन्दै नेपालले गणतन्त्र र लोकतन्त्र जोगाउन कम्युनिस्टहरूले अग्रसरता लिनुपर्नेमा जोड दिनुभयो । नेपालले नेपालले राजनीतिक स्थायित्व र उपलब्धिको संरक्षणका लागि सहकार्यको आवश्यकता औँल्याउनुभयो । नेपालले झण्डै दुई तिहाइ शक्ति नजिक पुगेको कम्युनिस्ट पार्टी के कारणले कमजोर भयो भनेर आत्ममूल्यांकन गर्न सक्नुपर्ने बेला आएको बताउनुभयो । नेपालले कम्युनिस्ट के–के विकृति र विसङ्गति आए भनेर आत्मसमिक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
कार्यक्रममा सहसंयोजक नेपालले मदन भण्डारीको राजनीतिक योगदानको स्मरण गर्दै उहाँका विचारलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद, नेपाली कम्युनिस्ट आन्दोलन र समसामयिक राजनीतिक विषयमा चर्चा गरिएको थियो।

