हिन्दूहरुको आस्थाको केन्द्र भारत उत्तर प्रदेशको अयोध्यामा अवस्थित भगवान रामको मन्दिरमा भएको चन्दा चोरीले करोडाँै हिन्दूहरुको आस्थामाथि प्रहार भएको छ ।
राम मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठा भएपछि हिन्दू श्रद्धालुहरुको ओइरो लागेको हो । भगवान रामको मन्दिरमा दर्शनका लागि श्रद्धालुहरुको लामो लाम लाग्ने गरेको छ । दैनिक लाखौँ श्रद्धालुहरु पुग्ने अयोध्यामा भेटी पनि धेरै चढ्ने गरेको देखिन्छ । राम मन्दिरमा सुन, चाँदी, हिरा, मोती, नगदलगायतका बहुमुल्य वस्तुहरु भेटी चढ्ने गर्छ ।
राम मन्दिरमा चढने भेटीको बहुमुल्य वस्तु, नगद चोरी हुने गरेको खुलासा भएको छ । राम मन्दिर ट्रस्टका पदाधिकारीहरु नै चन्दा चोरीको भूमिकामा प्रमुख देखिएको प्रहरीले जनाएको छ । राम मन्दिर चढ़ावा चोरी मामिलामा एसआईटीको प्रारम्भिक जाँचमा चम्पत राय र अनिल मिश्रालाई निर्दोष बताइएको छ । एसआइटीको जाँचमा चम्पत राय र मिश्रालाई संलग्न नरहेको बताइए पनि उनीहरुले ट्रस्टको नाममा भएको जमिन खरिदमा अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् ।
राम मन्दिर प्रकरणमा एसआइटीले आफ्नो प्रारम्भिक जाँचमा कसैलाई पनि क्लीन चिट नदिएको प्रष्ट गरेको छ । उनीहरु लापरबाही, मन्दिर प्रबन्धन र निगरानी तन्त्र फेल भएको प्रमाणहरुको आधारमा कयौं पदाधिकारीहरुलाई दोषी देखिएको छ । यसमा राय र मिश्रको नाम पनि समावेश छ । जमिन खरिदमा भएको भारी गडबडीको पनि अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । एसआइटीको टिमले हिरासतमा लिएका आठ जना मध्ये सात जनाको विभिन्न स्थानबाट ८० लाख भारतीय रुपैयाँ बरामद गरेको छ ।
जानकारहरुका अनुसार चन्दा र जमिनमा भएको गडबडीमा केही सय करोड चोरी भएको छ । राम मन्दिरमा विभिन्न संघसंस्था र व्यक्तिहरुले बहुमुल्य रत्न र नगद दान गरेका थिए । अधिकांश दानलाई ‘गोप्य’ राखिएको बताइएको छ । प्राप्त चन्दामा रहेको नगद र जिन्सीलाई मिलाउन -अडिट)गर्न एसबीआई बैंकले कर्मचारी खटाएको थियो । तर चन्दा चोरीको विषय सार्वजनिक भएपछि बैंकले आप्mना कर्मचारीहरुलाई परिवर्तन गर्न खोजेको बताइएको छ ।
तर ट्रस्टले कर्मचारी फेरिने बैंकको प्रस्तावलाई स्वीकृति नदिएको बताइएको छ । जग्गा घोटाला झन् भयानक रहेको बताइएको छ । आप पार्टीका राज्यसभा सांसद सञ्जय सिंहले सार्वजनिक गरेको तथ्यांकमा दुई करोडमा खरिद गरिएको जग्गा हप्ता दिन भित्रै ट्रस्टले ५५ करोडमा खरिद गरिएको देखिएको छ । यस्ता कयौं कित्ता जमिनमा गडबडी गरिएको छ । अयोध्या र जनकपुरधामबीच रहेको त्रेता युगकालीन सम्बन्धल जनकपुरधाममा चासो र चिन्ता बढाएको छ ।
ट्रस्टका महासचिव चम्पत राय जनकपुरधाम जानकी मन्दिरसित जोडिएका पदाधिकारी हुन् । रामजानकी विवाहमहोत्सवको पावन अवसरमा अयोध्याबाट आउने विशेष जन्तीको नेतृत्व रायले गर्थे । उनी जनकपुरधाम आइरहने रामन्दिर ट्रस्टका महासचिव हुन् । सयौं करोडको बहुमुल्य रत्न र नगद चोरीमा संलग्न रायको क्रियाकलापप्रति जनकपुरधामवासी दुखित भएका छन् । राम मन्दिरको आडमा लुट्ने राय लगायतको समूहले करोडौँ हिन्दू श्रद्धालुहरुको भावनामाथि ठेस पु¥याएको सञ्चारकर्मी श्यामसुन्दर शशीले जनाएका छन् ।
‘रायलाई जनकपुरधाममा विशिष्ट अतिथिको सम्मान थियो’ उनले भने, उनको संलग्नता नेपालमा पनि रहेको त छैन भन्न सकिदैन । लामो समय भगवान रामलाई मुसलमानहरुको मस्जिदमा कैद गरिएको थियो । सयौं कार सेवक -हिन्दू स्वयंसेवक) हरुको बलिदानबाट मस्जिद भत्काइएको थियो । त्यसपछि कडा सुरक्षा घेराबीच टेन्टमा वर्षौ बिताएपछि भगवान रामको जन्मभूमिमा सर्वोच्च अदालतको फैसलाले भव्य मन्दिर निर्माण भयो ।
तर भगवानकै घरमा अति गर्न थालेपछि भण्डाफोर भएको छ । हिन्दूहरु माझ श्रद्धेय बनेका चम्पत राय र मिश्राले समूह बनाएर गरेको चोरीले धेरैको शीर निहुरिएको छ । भगवान रामको ससुरालीमा चोरिएको सम्पूर्ण सम्पती फिर्ता गराउनेदेखि दोषीहरुलाई कडा कारबाही हुनुपर्ने माग गरिएको छ ।
समाजसेवी एवं धर्म प्रचारक जगदीश महासेठले राम मन्दिरमा भएको चन्दा चोरीले नेपालको मन्दिरमा पनि विशेष निगरानी गर्नुपर्ने आवश्यक देखिएको बताएका छन् ।

