२०८३ असार १७, बुधबार ११:२१
नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको भाउ घटेको छ।
मंगलबार तोलामा चार हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ७७ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला चार हजार दुई सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार दुई सय ७० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

